झाडापखाला ,आउँ, हैजा , र जन्डिस बाट बचौ ।

१. सधै चर्पीको प्रयोग गरौ ।

              चर्पीमा मात्र दिशा पिसाब गर्ने बनि बसालौ र चर्पी सधै सफा राखौ र दिसा - पिसाब र फोहरका कारणले लाग्ने रोगहरुबाट बचौ ।


२. साबुन पानीले हात धुऔ ।



            अगाडी

  • खाना खानु अघि । 
  • खाना पकाउनु वा खुवाउनु अघि ।
  • बछ्चालाई खाना खुवाउनु अघि ।

          पछाडी 

  • फोहर छोएपछि ।
  • दिसा धोईसकेपछि ।
  • बच्चाको दिसा धोईसकेपछि ।

३. पानी शुद्दिकरण गरेर पिउने

            उमाल्ने



  • पानीलाई एक भुल्को उमालेर मात्र पिउने ।
  • उमाली सकेको पानीलाई पुन:प्रदुषित हुन नदिन छोपेर राखौ ।

क्लोरिनेशन



  • पीयुष ( ६० मि. लि. ) : १ लिटर पानीमा ३ थोपा क्लोरिन झोल राख्नुपर्दछ ।
  • पीयुष ( २५०  मि. लि. ) : १० लिटर पानीमा बिर्कोको तल्लो धर्को र १५ लिटर पानीमा बिर्कोको माथिल्लो धर्कोसम्म क्लोरिन झोल राखेर चलाउनु पर्दछ ।
  •  अकवाट्याब : ५ लिटर पानीमा एक चक्की अकवाट्याब राख्नुपर्छ ।

                       क्लोरिन हालेको आधा घण्टा पछि मात्र पानी प्रयोग गर्नुपर्दछ ।

Comments

Popular posts from this blog

TONGUE BASE STRENGTHENING EXERCISE

६ TIPS जसले हामीलाई दाँत स्वस्थ राख्न मद्दत गर्दछ |

के हो होलबडी( Holebody) चेक अप(Check up) ?