डेंगु के हो र बच्ने उपाए


डेंगु ज्वरो लामखुट्टे बाट सर्ने रोग हो । जुन डेंगु बिषाणुको कारणले हुन्छा । डेंगु बिषाणु पोथी लामखुट्टेको टोकाईबाट सर्दछ । डेंगु ज्वरोलाई ब्रेकवोन ज्वरो पनि भानिन्छ ।

कारण 

एडिस एजिप्तई जात को लामखुट्टेको टोकाईको कारण

यो लामखुट्टे कहाँ पाईन्छ ?

  • सफा पानीमा ।
  • पानी पर्ने मौषममा पानी जम्न्ने टिनको दब्बाहरु, रंगका खाली डब्बा हरु, खाली ड्रममा, टाएर तियुब ।
  • ,कौसीको गमला, घर, फुलबारी, कुलर, एयर कन्डिसन, पानीको टंकी ।

लक्षणहरु 

  • उच्च ज्वरो ( ५ देखि ७ दिन सम्म रहिरहन सक्छ ।)
  • आखाँ को पछाडी दुख्नु ।
  • वाकवाक लाग्नु ।
  • बान्ता हुनु  ।
  • मांशपेशी दुख्नु  ।
  • जोर्नी दुख्नु ।
  • टाउको दुख्नु । 
  • थकाई लग्नु ।
  • छालामा डाबर आउनु ।
  • हल्का रगत बग्नु ।
  • बेहोश वा अचेत हुनु ।

Diagnonis( निदान)

       रगत जांच

उपचार 

       यस ज्वरोको लागि बिशेष औषधि छैन । यदि हामीलाई डेंगु ज्वरो हो भन्ने थाहा भयो भने हामीले ज्वरो र दुखाई कामगर्ने औषधि लिनी पर्दछ । Aspirin र Ibuprofen ले रगत बगाउने भएकोले यो औषधि प्रयोग गर्नु हुदैन ।प्रसस्त मात्रामा झोल प्रदार्थ पिउनु पर्दछ ।

बच्ने उपाए  

  • लामखुट्टेको तोके बाट बच्ने ।
  • सुत्दा झुल लगाएर सुत्ने ।
  • पुरै शरिर ढाक्ने गरि पुरा बाहुल भएको लुगा लगाउने ।
  • ३ /३ दिन मा कुलर सफा गर्ने ।
  • लामखुट्टेको तोकाई बाट बच्न मलम लगाउने ।
  • पानीको नाली, ढल, पोखरी मा हप्ताको ३ -४ पटक मट्टीतेल छर्कने ।
  • आगन, घर , कौसी सधै सफा राख्ने ।

                       यो लामखुट्टे ले दिउसमा मात्र तोक्दछ ।

Comments

Popular posts from this blog

TONGUE BASE STRENGTHENING EXERCISE

६ TIPS जसले हामीलाई दाँत स्वस्थ राख्न मद्दत गर्दछ |

के हो होलबडी( Holebody) चेक अप(Check up) ?