पानी खाने सहि तरिका

हामी  सबैले पानी  लाई साधारण सम्झिन्छ्म  । हामी लाई येस्तो लाग्छकी हामीले पानी लाई जहिले चाहियो , जति चाहियो , जति मात्रामा पानी चाहियो पानी पिउन सकिन्छ  तर यो सोचाई हाम्रो गलत हो । पानी देख्नमा जति साधारण लाग्छ यो हाम्रो शरिरको सबै अङ्ग हरु लाई ठीक तरिकाले काम गर्न, शरिरमा बन्ने विषालु प्रदार्थ लाई बाहिर निकाल्न लाई जरुरि हुन्छ । पेट देखी छाला सम्म , शरिर बढाउन  देखि लिएर घटाउन सम्म पानी ले निकै मह्तोपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तेसैले पानीको सहि मात्र , यसको पीउने सहि समय र पानी कसरि पिउदा हुने फाईदा वा बेफाईदा हुन्छ भन्ने कुरा को जानकारी नभए सम्म हामीले जती राम्रो कुरा खाए पनि शारिर लाई कुनै फाईदा हुदैन । जसले गर्दा शरिरमा विभिन्न समस्याहरु देखा पर्दछ जस्तो कि अपच कब्जीयत ग्यास्टिक ,कलेजोको कमजोरी, मेर्गौलाको को पथरी, प्रतिरोधक छ्मता को कमी, पटक पटक विरामी पर्नु, छालाको एलर्जी , दाद, मुखमा pimpals , छाला धेरै सुख्खा हुनु वा चिल्लो हुनु, खाएको खाना नलाग्नु , जोर्नी दुख्नु, टाउको दुख्नु , ज्वरो आउनु , तौल बढाउन  र घटाउन  गाह्रो हुनु , कपाल झर्नु , राती निर्द्रा नलाग्नु जस्ता समस्या हरु पानी को गलत तरिका र गलत मात्रा मा पिउदा हुन सक्दछ ।

पानी हाम्रो शरीरको लागि किन आवश्यक हुन्छ 

     हाम्रो शरीरमा ६० - ७० % पानी हुन्छ । हामी पिएको पानीले हाम्रो शरीरको भित्र अंग जस्तो कि कलेजो, मिर्गौला, मुटु, लगभग शरीरको सबै भाग सहि तरिकाले काम गर्न र सबै भन्दा शरीरको कोषहरु लाई जिउदो राखन  लाई प्रयोग हुन्छ ।

शरिरमा पानीको मात्र कमि हुदा देखिने symtoms हरु 

  • पिसाब पहेलो हुनु ।
  • पाचन शक्ति कमजोर हुनु ।
  • अनुहारको र शरिरको छाला ढिलो सुख्खा दाग देखिनु । 

 दिन भरिमा कति पानी पिउने र कसरी पिउने र पानी कस्तो हुनु पर्छ जस्तो कि तातो, चिसो , नर्मल 

      हाम्रो शरिरको दिशा, पिसाब, पसिना र सास लिने प्रक्रियामा लगभग २ लिटर पानी बाहिर निस्कन्छ जसले गर्दा यसलाई रिस्टोर गर्नु निकै जरुरि हुन्छ। त्येसैले एउटा व्यक्तिले दिन भरिमा कति पानी पिउनु पर्छ भन्ने कुरा उक्त व्यक्तिको शरिर, उसको तौल, उक्त व्यक्ति बसेको मौसम र उसको physical activity मा निर्भर हुन्छ । तर एउटा सामान्य व्यक्तिले दिन भरिमा २.५  - ३  लिटर पानी पिउनु जरुरी हुन्छ ।

पानी तातो, नर्मल  वा चिसो पिउने 

     यदि हामीले चिसो चिज खायौ भने पहिला त्यो चिज लाई तातो बनाएर बल्ल शरिरले काममा आउँछ त्यसैले हामीले चिसो पानी खायौ भने पहिला चिसो पानी लाई शरिरले तातो बनाउन्छ र बल्ल त्यो काममा आउञ्छ। जसले गर्दा यस काम मा धेरै शक्ति खर्च हुने गर्दछ। चिसो पानी खादा पाचन प्रयाली ढिलो गर्दछ । जसले गर्दा कब्जियत हुने चान्स धेरै हुन्छ। त्यसैले पानी हामीले नर्मल वा हल्का तातो खानु पर्दछ ।

पानी कहिले नखाने 

  • खाना खानु भन्दा पहिला वा पछि वा संगै ।
  • राती सुत्त्ने बेलामा वा राती सुतेर उठ्ने बितिकै ।
  • फलफुल खाने बितिकै ।
  • चिया, कफी, सुप खाने बितिकै ।

पानी कहिले खाने 

  • खाना खानु भन्दा ४५ - १ घण्टा पहिला वा खाना खाई सकेपछि ४५ वा १ घण्टा पछि ।
  • बिहान खाली पेटमा १ देखि २ गिलास पानी खाने ।
  • पानी खाए पछि त्यसको १ देखि २ घण्टा पछि मात्र फेरि पानी खाने ।

पानी को फाईदा 

  • पानीले शरीरको बिषादी युक्त प्रदार्थ बाहिर निकाल्छ ।
  • छाला लाई सफा राख्दछ ।
  • दिमाग  बढाउछ ।
  • पाचन क्रिया,आखा,हड्डी र शरिरको लगभग सबै अंगहरु सहि तरिकाले काम गर्न मद्दत गर्दछ ।

धेरै मात्रमा पानी पिउदा हुने वेफाइदा हरु

  धेरै मात्रमा पानी पिउदा हाम्रो मिर्गौलाको काम बढ्छ र रगतमा सोडियम को मात्र कम हुन सक्छ ।

पानी पिउने तरिका 

     पानी हामी जहिले बसेर र ढिलो ढिलो पिउनु पर्दछ । जस्तोकी पानी मुखमा राखेर ३-४ सेकेण्ड यता उता हल्लाएर निल्नु पर्दछ जसले गर्दा मुखमा भएको रायेल जसमा अलकाली हुन्छ त्यो पेटमा गएर पेटको acidic properties लाई शान्त गरेर सहि पाचन शक्ति लाई बढाउने मद्दत गर्दछ। यदि हामीले पानी उठेर छिटो छिटो पियेउ भने हाम्रो मेर्गौलाले पानी लाई छान्न सक्दैन र मुख बाट बोतल हटाएर पानी पिउदा पानीको साथ साथ बाहिर रहेको ग्यास पनि हाम्रो शरिर भित्र जान्छ। जसले गर्दा भविष्यमा जोर्नीमा समस्या आउन सक्दछ।
त्यसैले एक पटक मा १ - १.५  गिलास वा प्यास लागेको जति मात्र पानी पिउनु पर्दछ । हामीले पानी छिटो छिटो पिएउ भने हाम्रो मिर्गौलाले राम्रो संग छान्न सक्दैन र त्यो पानी शरिरमा प्रयोग नभई सिधै पिसब्सको माध्यम बाट बहिर निस्कन्छ ।   

Comments

Popular posts from this blog

TONGUE BASE STRENGTHENING EXERCISE

६ TIPS जसले हामीलाई दाँत स्वस्थ राख्न मद्दत गर्दछ |

के हो होलबडी( Holebody) चेक अप(Check up) ?